कांग्रेसबाट धुर्कोटको अध्यक्ष उम्मेदवारमा भण्डारी सिफारिस


बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत सिफारिस भएका छन् ।


गाउँ समितिको मंगलबार बसेको बैठकले भण्डारीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिए ।


भण्डारी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् । धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले हालका अध्यक्ष भुपाल पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ ।


यसअघिको चुनावमा गठबन्धन गर्दा अर्कोपटक कांग्रेसलाई प्रमुख दिने सहमति गरेपनि माओवादी केन्द्रले पालना नगरेकाले यसपटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने सभापति थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..