राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा


दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको थियो ।


सो ठाउँबाट उत्खनन गर्न पालिकाले अनुमति नदिएको नगरप्रमुख केसीले बताए । उत्खननमा प्रयोग भएका सवारी साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन केसीले जानकारी दिए । लमही नगरपालिकाले यो वर्ष ९ स्थानमा नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..