आईपीएल क्रिकेटमा बैंगलोर १८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो ।

टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । विराट कोहली खाता नै नखोली आउट भएका थिए ।तर फाप डु प्लेसीले कप्तानी पारी सम्हाले । ६४ बल सामना गरेका उनले ११ चौका र २ छक्काको मद्दतमा ९६ रन बनाए ।


यसैगरी ग्लेन म्याक्सवेलले २३ र शहबाज अहमदले २६ रन योगदान गरे । दिनेश कार्तिक १३ रनमा नटआउट रहे ।
१८२ रनको विजय लक्ष्य पछ्याएको लखनउले ८ विकेटको क्षतिमा १६३ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि क्रुणाल पाण्डेयले ४२ र लोकेश राहुलले ३० रन बनाए ।बलिङतर्फ बैंगलोरका लागि जोश हेजलवुडले २५ रन खर्चिएर चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..