माथिल्लो तामाकोसी जलविद्युत् आयोजना : चार अर्बको बिजुली बेच्यो,लक्ष्य नौ अर्ब

काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो।

आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात महिनाको अवधिमा एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गर्दै चार अर्ब ३० करोड रूपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेच्न सफल भएको हो।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख दिनेशजंग राणाले चालु आर्थिक वर्षको भदौ महिनाको अन्तिम सातादेखि आयोजनाले छ वटै युनिटबाट ४ सय ५६ मेगावाट बिजुली उत्पादन गर्दै आइरहेको बताए। ‘आयोजनाले गत भदौ महिनाको अन्तिम साता यता एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘प्राधिकरणले छोटो अवधिमा नै चार अर्ब रूपैयाँभन्दा धेरैको बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘आयोजनासँग वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता छ।’

कम्पनीले वर्षभरिमा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्न सकेको खण्डमा ९ अर्ब २६ करोड रूपैयाँ आम्दानी गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..