एमालेबाट प्रस्तावित वडाध्यक्षका उम्मेदवार माओवादीमा प्रवेश

दोलखा । गौरीशंकर गाउँपालिका झ्याकुका लोकप्रिय नेता एंव एमालेबाट वडा-३ का प्रस्तावित वडाध्यक्षका उम्मेदवार अनिल खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खड्कालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज देवी खड्का, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, संस्थापक नेता शंकर लामा, गोपाल पाण्डे, जिल्ला संयोजक कुलवहादुर बुढाथोकी लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

माओवादी प्रवेश गर्दै खड्काले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ठूलो घात गरेको आरोप लगाए । उनले भने, ‘जनताले झण्डै दुईतिहाइ मत दिएर पाँच वर्षको लागि बनाएको सरकार ओलीका कारण तीन वर्ष नपुग्दै ढल्यो । मिठा मिठा उखान टुक्का सुनाउँदै ओलीले देशलाई ठूलो घात गरे ।’

खड्का नेकपा एमालेका केन्द्रीय एवम् प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ निकट हुन् । गुरुङले नै उनलाई गौरीशंकर गाउँपालिका-३ का वडाध्यक्षमा प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..