इजिप्टले भारतबाट गहुँ खरिद गर्ने

एजेन्सी । इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको हो ।

इजिप्टका अधिकारीहरु मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे नीरिक्षण गरेका थिए । उनीहरुले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए ।

भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश हो । उसले इजिप्ट, टर्की, चीन, बोस्निया, सुडान, नाइजेरिया इरानलगायत देशमा गहुँ निर्यातका लागि छलफल बढाइसकेको छ । इजिप्ट विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता देश हो ।

युक्रेनमाथि रुसी हमलापछि त्यहाँको गहुँ उत्पादन र विक्रीको सञ्जाल नै अवरुद्ध छ । यसले विश्वभर गहुँको आपूर्तिमा असर परिसकेको छ ।
भारतले १ करोड टन गहुँ निर्यात गर्ने क्षमता राखेको त्यहाँको खाद्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..