ओलीको ‘मधेश कार्ड’ देखि भारत प्रति कडा नीतिसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा पुगेर आफूलाई मधेशवादी नेताको शैलीमा उभ्याए । उनले मधेशवादी भनिएका नेताहरुलाई मसियाहा ठान्ने तर सत्तामा बसेर लाज पचाएको टिप्पणी गरे ।

ओलीले आफूले नागरिकताको सम्बन्धी अध्यादेश ल्याएर समस्या समाधान गर्न खोजेको दाबी गर्दै विधेयक पास नहुँदा मधेशवादी भनिएकाहरु सरकारमै रहेको टिप्पणी गरे । उनले नागरिकता विधेयक पारित गरेर मधेसमा नागरिकताबाट वञ्चितलाई नागरिकता दिलाउने आश्वासन बाँडे ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ओलीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको, आफ्ना जेलमा रहेका कतिपय कार्यकर्ताको मुद्दा फिर्ता गराएको भन्दै प्रशंशा गर्ने गरेका छन् । ओली विगतमा मधेशविरोधी नेताका रुपमा प्रस्तुत गरिएकामा अहिले सबैभन्दा मधेशवादी नेता जस्तो देखिन थालेका छन् । यसलाई उनले चुनावमा मधेशको कार्डको प्रयोग गर्न खोजेको विश्लेषण हुन थालेको छ ।
विगतमा मधेश आन्दोलन हुँदा ओली सबैभन्दा विरोधी देखिएका छन् । नाकाबन्दीको बखत पनि उनी मधेशवादी नेताहरुप्रति कडा रुपमा प्रस्तुत भएका थिए ।

ओलीले भारतसँगको सीमाको विषयमा पनि कडा रुपमा बोल्दै आएका छन् । उनले कालापानी क्षेत्रमा भारतले चालेको कदमको चर्को आलोचना गर्दै आएका छन् । महाकालीको तुइन प्रकरण होस् या महाकालीमा तटबन्धको विषयमा उनी कडा रुपमा बोल्दै आएका छन् ।

भारतविरुद्ध ओली कडा रुपमा प्रस्तुत हुँदै आएपनि चीनसँगको सीमा समस्यामा उनी कुनै समस्या नभएको बोल्दै आएका छन् । तर, सरकार अध्ययन कमिटीले समस्या रहेको प्रतिवेदन तयार गरी सार्वजनिक गरेको छैन । ओलीले चीनसँग हुँदै नभएको सीमा समस्या उठाएर सम्बन्ध बिगार्न खोजेको आरोप सरकारलाई लगाएका छन् । यसरी ओली भारतप्रति कडा र चीनप्रति निकै नरम देखिएका छन् । उनको यो कदमलाई चुनावमा भारतविरोधी कार्डका रुपमा लिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..