यौन दुर्व्यवहारको आरोप दुई शिक्षक प्रहरीको नियन्त्रणमा


मकवानपुर । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।मकवानपुरको बागमती गाउँपालिका-८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो। उनीहरूमध्ये दुई जनालाई शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गएराति आरोपित शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा ल्याइएको छ। अर्का हेमबहादुर विक भने २५ चैतमा आफै प्रहरीको सम्पर्कमा आएका थिए।


तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए।शिक्षकहरूले दुव्र्यवहार गरेको भन्दै छात्राले प्रहरीमा उजुरी दिएका थिए। स्थानीय बासिन्दाले गाउँमै मिलाउन खोजेपछि उनीहरू गत २४ चैत राति उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..