साउदीको रियादमा नेपाल एयरलाइन्सको नियमित उडान


काठमाडौं । आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो ।


नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको थियो ।

निगमले व्यवसायिक योजना अनुरुप काठमाडौं-रियाद-काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।


यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो । अब निगमको पनि नियमित उडान भएपछि यो रूटमा भाडा सस्तिने अनुमानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..