कांग्रेस घोषणापत्र अवधारणा : भ्युटावर र गेट बनाउन कडाइ

काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई आधार मानेर घोषणा पत्र बनाउँदै छ । घोषणापत्र सार्वजनिक गर्ने मिति भने लोकतन्त्र दिवसका दिन अर्थात् ११ वैशाखलाई तोकिएको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको केन्द्रीय घोषणापत्र निर्माण समितिमार्फत स्थानीय तह निर्वाचनका लागि कांग्रेसले घोषणापत्र बनाउँदै गरेको हो ।

कांग्रेसले केन्द्रबाट जारी गर्ने घोषणापत्रमा राजनीतिक खण्ड र संकल्प खण्ड गरी दुई खण्ड रहनेछ । यस्तै, बितेको पाँच वर्षमा भएका गतिविधिको समीक्षा र आगामी पाँच वर्षमा कांग्रेसले लिने नीति र प्रतिबद्धता तथा कांग्रेसको कार्यदिशासमेत घोषणापत्रमा ल्याउने कांग्रेसको तयारी छ । राजनीतिक खण्डमा हालसम्मका राजनीतिक उपलब्धि र संकल्प खण्डामा आगामी नीति रहनेछ ।

घोषणापत्र तयारी समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभरबाट प्राप्त सुझावलाई आधार मानेर केन्द्रीय तहमा घोषणापत्रको खाका बन्दै गरेको र केन्द्रले बनाएको अवधारणालाई पार्टी संयन्त्रमार्फत ७ सय ५३ वटै स्थानीय तहमा पठाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..