पार्टीले जनचाहना अनुसार राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलले समयसापेक्ष आफ्नो दर्शन, मान्यता र विचारका साथै योजना परिवर्तन गर्ने र सोहीअनुसार आफ्नो पार्टीले पनि राजसंस्था त्यागेको बताएका हुन् ।

राष्ट्र निर्माणमा वैकल्पिक विचार र पार्टी बनाउने उद्देश्यले आफूहरू सङ्गठित भएको बताउँदै उनले भने, “फरक विचार कसैका विरुद्ध होइन, प्रजातन्त्रको विशेषता र सौन्दर्य भनेको वैचारिक विविधता हो ।”

मुलुकमा अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिक क्षेत्रमा अनेक विकृति आएको तर्क गर्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री र दलहरू पूर्ण समानुपातिक प्रणालीबाट आउन सक्ने व्यवस्थाको खाँचो औँल्याए ।

देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको बताउँदै उनले खुला बजारसहितको उदारवादी अर्थ व्यवस्था र सम्वद्र्धनवाद राप्रपा नेपालको महत्वपूर्ण वैचारिक आधार भएको स्पष्ट पारे ।

‘वर्तमानका चुनौती र विकल्प’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले पारदर्शी र सुशासनसहितको प्रशासनको महत्वबारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिबाट मुलुकमा देखिएको अर्थ व्यवस्थाका सङ्कटका साथै राजनीतिक स्थिरताबारे सुझाव सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..