निर्वाचनलाई लक्ष्य गरी पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ ।

जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय ( क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कूल ७१ प्रहरी युनिट छन् । नेपाल प्रहरीतर्फ जिल्लाभरि कूल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..