श्रीलङ्काको जस्तै बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र स्वाट्टै बिग्रेको बताएका छन् र आफूहरु सरकारमा हुँदो राम्रो रहेको अर्थतन्त्र पछिल्लो सरकार आएपछि बिग्रको उनको भनाइ थियो ।

आज आइतबार एमाले प्रचार विभागद्वारा मुलुकको वर्तमान अर्थतन्त्रको विषयबारे आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले र्थतन्त्र बचाउन सरकारै पूभावकारी हस्तक्षेपको खाँचो रहेको समेत बताए । नत्र यस्तै अवस्था रहे नेपालको हालत पनि श्रीलंकाको जस्तै हुने उनको भनाइ थियो ।

अघिल्लो सरकार हुँदासम्म मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा रहेको तर वर्तमान गठबन्धन आएदेखि अर्थतन्त्र ध्वस्त हुँदै गएको उनको आरोप थियो । अघिल्लो सरकारले विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने १४ अर्ब जति रहेको छाडेर बाहिरिएको भन्दै उनले अहिले त्यो अवस्था निकै खस्किएको बताए । रेमिटेन्स घट्नु, सरकारको चालु खाता बढ्नु, बैंकको ब्याजदर उच्च रुपमा बढ्नु, महँगीबढ्नु लगायतले शंकास्पद स्थिति सृजना गरेको उनको भनाइ थियो ।

‘अहिले मुलुकको आर्थिक स्थिति जोखिमपूर्ण स्तरमा छ, हामीले बेलैमा सार्थक हस्तक्षेप गरेनौँ भने र यी समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,’ उपाध्यक्ष पौडेलले भने, ‘मन्त्री वा प्रधानमन्त्रीले गलत खालका नीति लिने र श्रीलंका हुनबाट जोगाउँछु भन्ने दाबी गरेर मात्र हुँदै, सरकारले नै उचित कदम चाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..