मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाले यो पार्टी पहिलो शक्ति हुने तर्क राखे ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्नद्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..