पाकिस्तानमा आर्थिक संकट, बैंकहरुमा ब्याजदर १२ प्रतिशत नाघ्यो

एजेन्सी । पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर बढाएर साँढे १२.२५ प्रतिशत पुर्याएको छ ।

गत हप्ता एशियाली विकास बैंकले पाकिस्तानको आर्थिक वृद्धि घटेर ४ प्रतिशतमा झरेको जनाएको छ । पाकिस्तानमा विदेशी मुद्राको संचिती समेत घट्दै गएको छ ।

राजनीतिक अस्थिरतासँगै पाकिस्तानको रुपियाँ डलरको तुलनामा निकै कमजोर हुँदै गएको छ । विश्व बजारमा इन्धनको मूल्य बढ्नु, मुद्रा स्फिती हुनु, विश्वव्यापी खाद्यान्नको मूल्य बढ्नुले झन् असरहरु पाकिस्तानको अर्थतन्त्रमा परेको एशियाली विकास बैंकले जनाएको छ ।

रुस र युक्रेनबीचको युद्धले विश्व बजारमा परेको असरबाट पाकिस्तान पनि प्रभावित भएको छ । अर्कोतर्फ, त्यहाँ राजनीतिक अनिश्चितताले संकटहरु आउन थालेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..