बालिकाको हत्याको आरोपमा २ जना पक्राउ


उदयपुर । उदयपुरको बेलका नगरपालिका-६ कि १६ बर्षीया कबिता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन ।

चैत्र २२ गते बिहान बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको लाश फेला परेको भनि जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी निरीक्षक सहितको टोलीले बेलका नगरपालिका-६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भए संगै हत्याको आरोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई पक्राउ गरेको हो ।


अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आरोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पुर्‍याउने गरेको हुँदा रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४ बजेको समयमा SEE तयारी कक्षाको लागि तिनैजना संगै बिद्यालय तर्फ जादै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाईते बनाएको र ढुङगाले समेत प्रहार गरी कर्तव्य गरी मारी मृतक लाशलाई घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक लाश फालेको खुल्न आएको हो ।

घटनामा आरोपित १७ बर्षीया बालिका र प्रतिवादी बिनोद ढकाल समेतलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..