प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ


झापा । झापाको मेचिनगर नगरपालिका -६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् ।

हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले टोलीले चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

पक्राउ परेका रायमाझिको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..