चट्याङले लागेर तेह्रथुममा १० वर्षीया कन्दङ्वाको मृत्यु

तेह्रथुम । तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।

शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बू घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..