काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राती दिल्ली क्यापिटल्सलाई ६ विकेले पराजित गरेको छ ।
आईपीएलको नयाँ टिम लखनउले यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै ४ मध्ये तेस्रो खेल जितेको हो ।मुम्बईमा भएको खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले दुई बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।
लखनउको जितमा ओपनर क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । ५२ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । कप्तान केएल राहुलले २४ रन बनाए भने क्रुनाल पाण्ड्या १९ र आयुष बदोनी १० रनमा अविजित रहे ।
दिल्लीका कुलदीप यादवले २ विकेट लिए ।


