प्रधानमन्त्री देउवाद्वारा टाइफाइड खोप अभियानको शुभारम्भ (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले (बिहीबार) टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।

काठमाडौं स्थित दरबार हाइ स्कुलमा भएको कार्यक्रमलाई प्रधानमन्त्री देउवाले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। आजै विद्यार्थीहरूलाई खोप लगाइयो ।

अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ ।

यो खोप सुरु गर्ने नेपाल दक्षिण–पूर्वी एशियामै पहिलो देश बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..