काठमाडौैं । नेपाल बार एशोसिएसनको मतगणना जारी छ । आज साँझसम्मको मतगणना अनुसार संयुक्त गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले १ हजार ९ सय ९० मत पाएका छन् । पीपीएलका तर्फबाट उम्मेदवार भएका बिष्णुमणि अधिकारी घिमिरे भन्दा आधा मतले पछाडि छन् । अधिकारीले १ हजार ४ मत प्राप्त गरेका छन् ।
घिमिरेले दोब्बर मत अर्थात् ९ सय मतले अग्रता लिएका छन् ।
महासचिवका संयुक्त गठबन्धनका उम्मेदवार अन्जिता खनालले १ हजार ७ सय ६५ मत पाएकी छन् । पीपीएलका केदार कोइरालाले १ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । खनालले ५ सय ९० मतले अग्रता लिएकी छन् ।
संयुक्त प्यानलका बागमती उपाध्यक्ष हर्क रावलले २ हजार १ मत पाएका छन् भने पीपीएलएका डिल्ली मैनालीले ९ सय ९२ मत पाएका छन् । बागमती उपाध्यक्ष रावलले प्रतिद्वन्दी मैनालीलाई आधा भन्दा बढी मतले अग्रता लिएका छन् ।
एवं रितले गोपालकृष्ण घिमिरे समूहका उम्मेदवारहरु सबै पीपीएलए भन्दा फराकिलो मतका साथ अगाडि भएकाले बार एशोसिएसनमा एमाले निकट कानुन ब्यवसायी समूह पत्तासाफ हुने भएको छ ।


