गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव


धनुषा । धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो ।

प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत्या नै भएको देखिएको बताए । उनले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..