जनतालाई छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती भयो : धमला

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे पत्रकार ऋषि धमलाले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।काउन्सिलले हिजो २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत समयमै पठाएका हुन् ।

काउन्सिल स्रोतका अनुसार धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता छ ।

‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ धमलाले बताएका छन् । स्पष्टीकरण पत्रमा धमलाले आफू पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..