संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुपर्ने र त्यसको विकल्प नभएको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिनुपर्ने पनि बताए । माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नै पर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डको भनाइ छ ।

बुधबारै चितवनको आँपटारीमा आयोजित दलितहरुलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनबाट सुरु भएको लालपुर्जा वितरणको काम देशभर फैलने र सुकुम्वासी समस्या समाधान गर्ने बताए । कार्यक्रममा उनले दलित मात्रै नभएर सरकार सुकुम्बासी समस्या समाधान गर्नतर्फ लागिरहेको र दलितहरुले लालपूर्जा प्राप्त गरेको आजको दिन ऐतिहासिक भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..