शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीमाथि कंगोमा विद्रोहीको आक्रमण हुँदा एककाे मृत्यु

काठमाडौं । विद्रोहीको आक्रमणमा परि शान्ति स्थापनार्थ खटिएका एक नेपाली सेनाको मृत्यु भएको छ । मिलिसिया
विद्रोहीको आक्रमणमा परि कंगोमा खटिएका नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

नेपाली शान्ति सेनाको टोली अपरेसन ‘बाली’को दौरान रहेको बेला आक्रमण भएको बताइएको छ । उक्त नेपाली शान्ति सेनाको टोली प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको बेला मंगलबार आक्रमण भएको थियो ।

मृतक नेपाली सेनाको परिचय हालसम्म खुल्न नसकेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले एक बिज्ञप्ति जारी गर्दै एक नेपाली सेनाको अक्रमणमा परि मृत्यु भएको तर उनको परीचय खुल्न नसकेको जनाएको छ ।

राष्ट्र संघले शोक विज्ञप्ति निकाल्दै मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली गर्नुका साथै शान्ति सेनामाथि गरिएको आक्रमणको घोर निन्दा समेत गरेको छ ।

कारवाहीका क्रममा विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थानबाट आक्रमण भएको बताइएको छ ।

अन्य घाइते सेनाहरुको हेलिकप्टरबाट उद्धार गरि अस्पताल लगिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..