पुटिनले युद्ध अपराध गरेका छन्, मुद्दा चलाउनुपर्छ : जो बाइडेन

एजेनसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको बताएका छन् । उनले युक्रेनमा रुसी सेनाले सर्वसाधारणको निर्मम हत्या गरेको भन्दै पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन आह्वान गरेका छन् ।

युक्रेनको बुचा शहरमा सयौँ निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरिएको भन्दै बाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताएका हुन् । बीबीसीका अनुसार बुचामा भएको आम हत्याको संसारभरबाट निन्दा भइरहेको छ । त्यहाँको नरसंहारको दृश्यले मानिसहरुलाई बिचलित बनाएको छ ।

युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको भन्दै सडकमा छरिएका र जथाभावी थुप्रिएका शवहरुको दृश्य भिडियोमा देखाएका थिए । जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद हाल्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पनि मुद्दा चलाउन आह्वान गरेका हुन् ।

यसैबीच संयुक्त राष्ट्रसंघीय नियोगले पनि सम्भावित युद्ध अपराधका सम्बन्धमा छानबिनको माग गरेको छ । रुसी सैनिकको कब्जामा रहेको बुचा शहर केही दिनअघि मात्रै युक्रेनको नियन्त्रणमा आएको हो । त्यहाँबाट रुसी सैनिक फिर्ता भएपछि मात्रै विनाश र हत्याको हृदयविदारक तस्बिर बाहिर आएका हुन् । तस्बिरहरुमा बुचाका सडकमा सर्वसाधारणका शव देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..