भारतको तीनदिने भ्रमण सकाएर फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो ।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए ।

त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्ष मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आज विहान धार्मिक नगरी वाराणसी पुगेका थिए ।

त्यस अवसरमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..