ब्राउन सुगरसहित ३ जना पक्राउ


मकवानपुर । प्रहरीले ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय राजेश खाती, राक्सिराङ्ग गाउँपालिका-३ बस्‍ने २० वर्षीया आयुषा ठकुरी रहेका छन् ।


यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका-१४ बस्ने २९ वर्षीय बलराम गुरूङलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ४ ग्राम ब्राउन सुगर र १३ ट्याब्लेट नाईट्राभेट लागुऔषध बरामद गरेको हो ।

दुईजनालाई १६ को म्याद र एकजनालाई १८ दिनको म्‍याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..