पञ्चेश्वर परियोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् । प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन ।

दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा सो परियोजनाबारे चर्चा हुँदै आएको छ। तर परियोजनाले अहिलेसम्म खासै गति लिन सकेको छैन ।

२६ वर्षअघि अर्थात् २०५२ साल माघ २९ गते नेपाल-भारत सरकारबीच बहुचर्चित महाकाली सन्धि सम्पन्न भएको थियो। सोही सन्धिभित्रको एउटा महत्त्वपूर्ण अंगका रूपमा पञ्चेश्वर परियोजना हो।

उक्त सन्धिमा दुवै देशको लगानीबाट बन्ने पञ्चेश्वर परियोजनाअन्तर्गत महाकाली नदीमा ३ सय १५ मिटर अग्लो बाँध बाँधेर बिजुली उत्पादन गर्ने र दुवै देशमा सिँचाइ सुविधा पुयाउने लक्ष्य छ। परियोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत् निकाल्ने सकिने जनाइएको छ।

यसैकारण महाकाली सन्धिका पक्षधरहरू परियोजना बनेपछि पश्चिमबाट सूर्य उदाउँछु भनेर भन्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..