सडक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा छ : मन्त्री यादव

जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।

धनुषाको हंसपुर नगरपालिकास्थित अमारी नदीमा नवनिर्मित पुलको आज उद्घाटन कार्यक्रममा मन्त्री यादवले सडक पूर्वाधारको विकासविना मुलुकको विकास र समृद्धि सम्भव नभएकाले सडक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताइन्।

नेपालका हरेक सहर र गाउँलाई सडक सञ्जालमार्फत जोड्ने सरकारको नीतिअनुरूप नै अहिले देशभरि तीव्ररूपमा सडक र पुल निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री यादवले सडक पूर्वाधार निर्माणसँगै मुलुक आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरिन् ।

शहरी विकास मन्त्रालयको कूल रु नौ करोड ५० लाखको लागतमा भैरव कन्स्ट्रक्सन प्रालिले सो पुल निर्माण गरेको सडक डिभिजन कार्यालय धनुषाका प्रमुख इञ्जिनीयर सञ्जयकुमार मिश्रले जानकारी दिइन् । मन्त्री यादवले आजै धनुषा र महोत्तरी जोड्ने ४०० मिटर लामो रातो खोला पुल र धनुषाको मुखियापट्टी मुसहरनियाँस्थित कुकुरधारी पुलको पनि उद्घाटन गरिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..