युक्रेनले पहिलो पटक रुसभित्र गर्‍यो आक्रमण

एजेन्सी । रुस र युक्रेनबीचको लडाइँ युक्रेनभित्र मात्रै सीमित रहँदै आएकोमा पहिलो पटक रुसी भूमिमा हमला भएको छ । रुसको पश्चिमी शहर बेलगोरोड गभर्नरले शुुक्रबार युक्रेनका २ हेलिकप्टरले त्यहाँको तेल डिपोमा हवाई हमला गरेको बताएको एएफपीले जनाएको छ ।

यो हमलामा दुई जना घाइते समेत भएका छन् । लडाइँमा दुवै देशका सेनाका साथ सर्वसाधारण मानिसको पनि ज्यान र धनमाल नोक्सानी भइरहेको छ । युुक्रेनी अधिकारीका अनुसार रुसी हमलामा हालसम्म १५३ बालबालिकाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।


चेर्नोबिल परमाणु ऊर्जा प्लान्टबाट हट्दै रुसी सेना

अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार रुसी सेनाले २४ फेबु्रअरीमा चेर्नोबिल परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको थियो । यहाँबाट रुसी सेना पछि हट्न थालेको छ ।
अधिकारीका अनुसार रुसी सैनिक चेर्नोबिलबाट पर जाँदैछन् र बेलारुसमा प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..