तत्काल धरानको खानेपानी आपूर्ती व्यवस्थित गर्न बजेट छुट्टिने

धरान । नेपाल सरकारको अर्थमन्त्री जनार्दन शर्माले धरानबाट गएको कांग्रेसको प्रतिनिधि मण्डलसंग यहाँको खानेपानी आपूर्तिका समस्याहरुका बारेमा विहीवार गम्भिर छलफल गरी तत्काल संस्थानको पुरानो संरचना बदल्न बजेट विनियोजन गर्ने बचन दिएका छन् ।

धरान उपमहानगरपालिका मेयर तिलक राई सहितको प्रमण्डलले अर्थमन्त्री शर्मासंग धरानमा अहिले देखिएको खानेपानी आपूर्तिमा संस्थानका पुरानो संरचनाको जीर्ण अवस्थाका कारण समस्या उत्पन्न भएकोले बजेटमै रकम विनियोजन गर्न माग गरेको कांग्रेस नगर सभापति श्याम पोखरेलले बताए ।

धरान खानेपानी आयोजनाको नयाँ संरचना निर्माण भएपनि खानेपानी संस्थानको पुरानो संरचना जिर्ण भई काम नगरेपछि धरानमा खानेपानी आपूर्ति प्रणाली पूर्ण क्षमता चल्न नसक्दा हाहाकारको स्थिति समेत पैदा हुने गरेको छ ।

चारकोशे जंगल स्थित संस्थानको पम्पिङ वेलहरुका उपकरण जीर्ण भई पानि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको, पुरानो वितरण प्रणालीका मुल पाइप, भल्भहरु काम नलाग्ने अवस्थामा पाइएकोले ती सबै बदल्न जरुरी भएको कुरा अर्थमन्त्री समक्ष राखिएको छ ।

मेयर तथा खानेपानी बोर्ड अध्यक्ष राईले अयोजनाले कामगर्दा संस्थानले पुरानो प्रणालीका कुनैपनि संरचनाको अवस्था स्थलगत रुपमा अध्ययन गर्न नदिएकोले वोर्डले जिम्मा लिएपछि पुरानो प्रणालीसंग इन्टरलिङक गर्दा धेरै प्राविधिक समस्या देखिएको तथ्य मन्त्री शर्मासंग राखे ।

उनले भने ‘आयोजनाको निर्माणकै क्रममा संस्थानले समन्वय गरिदिएको भए, पुरानो प्रणाली त्यसै बेला नयाँ प्रणाली संग जोडिन्थ्यो ।’ प्राविधिक समस्याहरु त्यसै बेला समाधान गर्न सकिन्थो र जीर्ण उपकरणहरु आयोजनाले बदल्न बाध्य हुन्थ्यो । अहिले संस्थानकै जीर्ण प्रणालीका समस्याहरु सुल्झाउन समय लाग्दा पानी आपूर्तिमा समस्या देखिने गरेको छ ।

उक्त कुराहरु धरान खानेपानी आयोजना सम्पन्न भैसकेको हो होइन् भनि उपमहानगरपालिकाव्दारा गठन गरिएको विज्ञ समुहको टोली दिएको प्रतिवेदनमा उल्लेख भएको पनि मेयर राईले मन्त्री शर्मालाई अवगत गराए । विज्ञ समुहले गरेको अध्ययन प्रतिवेदन बुधवार प्रतिनिधि मण्डलका सदस्यहरु विच मेयर राईलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिवेदनमा आयोजना दशक अघि धरानको १९ वडालाई लक्ष्यत गरेर लागु गरिएकोमा बढ्दो जनघनत्वलाई त्यस्ले धान्न नसक्ने अवस्था आउने कुार पनि उल्लेख छ । पछिल्लो समय पाँचकन्या र विष्णुपादुका गाबिस गाभिएपछि धरानको खानेपानी योजनलाई नयाँ रुपमा एकिकृत खानेपानी तथा ढल निकासको योजनामा अघि बढाउन जरुरी भएको प्रतिवेदनमा उल्लेख छ ।

शहरी क्षेत्रहरुमा भएका पानीको श्रोत, जलाधारहरुलई एकिकृत रुपमा योजनाबद्ध खानेपानी आयोजना सञ्चालन गर्ने सरकारको नीति अनुसार धरानमा पनि त्यस्लाई कार्यान्वय गरिने मन्त्री शर्माले प्रतिनिधि मण्डललाई बताए ।

नयाँ क्षेत्रमा खानेपानीको मात्र नभई ढल निकासको योजना संगै निर्माण गर्न धरानमा ६ अर्ब लाग्ने अनुमान गरिएको जानकारी मन्त्री शमाले दिएको मेयर राईले बताएका छन् । उनका अनुसार बजेटमा धरानको खानेपानी सहितका योजनाको रकम समावेश गर्न फलोअप गरिरहन आग्रह गरेका छन् ।

मन्त्रालयमा बजेट बन्ने गृहकार्य भैरहेकाले नियमित सम्पर्क तथा फलोअपका लागि प्रमण्डलमा काठमाण्डौबाट सहभागी कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र तुलसी गौतमले जिम्मेवारी लिएका छन् । धरानबाट गएको प्रमण्डलमा कांग्रेस नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य मेयर तिलक राई, जिल्ला सचिव माधम घिसिङ, क्षेत्र ‘क’ र ‘ख’का क्षेत्रिय सभापतिव्दय अनिल श्रेष्ठ र मुरारी भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..