पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ : प्रमुख आयुक्त थपलिया

ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुन सुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

उनले भने, “सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..