दाहालद्वारा ओलीसँग मिल्न दबाब बढेको खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा तालमेलमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा सम्मानजनक भागवण्डा हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गठबन्धनको बैठकमा सम्मानजनक स्थानहरु पाउनुपर्ने प्रस्ताव राख्दै विकल्पमा नेकपा एमालेसँग मिल्न सक्ने विषय पनि राखेका छन् ।

प्रचण्डले गठबन्धनका दलले २०७४ सालमा जितेका स्थानीय निकायमा सोही दललाई नै टिकट दिने र गठबन्धनबाहेकले जितेको स्थानमा भागवण्डाको प्रस्ताव राखेका छन् । महानगर र उपमहानगरहरुमा नेपाली काँग्रेसले बढी सिट दाबी गरेको छ । महानगरमा यसअघि काँग्रेसले २, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ सिट जितेका थिए । काँग्रेसले आफूले जितेकोसहित थप २ महानगरपालिकामा दाबी गरेको बुझिएको छ ।

प्रचण्डले आफ्नो दलको नेताहरु एमाले नेताहरुसँग गठबन्धनबारे छलफलमा लागेको खुलाएका थिए । उनले आफू निकै दबाबमा रहेकाले भविष्यमा एमालेसँग मिल्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने समेत बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुनः तालमेलमा जाने अवस्था आउन सक्नेबारे उनले खुलाएका थिए । आफू पार्टीभित्र दबाबमा परेको भनेका प्रचण्डले अन्य दबाबतर्फ पनि संकेत गरेका छन् ।

प्रचण्डले बैठकमा माओवादीले खेलेको भूमिका र अप्ठ्याराहरु पार लगाउन जोखिम मोलेको विषय उठाएका थिए । तर, माओवादीलाई स्वीकार्न गाह्रो मान्ने अवस्थाबारे आफू गम्भीर भएको भन्दै काँग्रेसले पेल्न खोजे विकल्पमा जानुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

यसैगरी, गठबन्धनका दलबीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल भएको छ । भारत भ्रमणका दौरान संवेदनशील विषयमा सम्झौता नगर्न माओवादी र नेकपा एसका नेताहरुले सुझाएका थिए । यसले चुनावमा असर गर्न सक्ने उनीहरुको भनाई थियो ।

गठबन्धनका दलबीच अर्थ र गृह प्रशासनका विषयमा प्रश्नहरु उठेका थिए । काँग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाले अर्थ मन्त्रीको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रीको कामकारबाहीमा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..