तालिवानको तारोमा विदेशी मिडिया, बीबीसी र भोआमाथि प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा बलपूर्वक सत्ता हातमा लिएको तालिवानले विदेशी मिडियालाई तारो बनाउन थालेको छ । उसले बीबीसी र भ्वाइस अफ अमेरिका जस्ता विश्वचर्चित मिडियामाथि प्रतिबन्ध लगाएको छ ।

आइतबारबाट तालिवानले बीबीसी र भोआमाथि प्रतिबन्ध लगाएको हो । तालिवानले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने क्रम बढाएको छ ।
बीबीसीको टीभी समाचार बुलेटिन पास्तो, पर्सियन र उज्वेकी भाषामा प्रसारण भएकोमा अफगानिस्तानमा बन्द गराइएको छ । ६० लाख अफगानी बीबीसी हेर्ने गर्थे । भोआको पनि दर्शक संख्या लाखौं थियो । भोआले पास्तो र दारी भाषामा प्रत्येक दिन ३० मिनेट समाचार प्रशारण गर्दथ्यो ।

गत हप्ता तालिवानले केटीहरुका लागि खोलिएको माध्यमिक विद्यालय खोल्ने घोषणा गरेपनि पुनः प्रतिबन्ध लगाइदिएको छ । उक्त प्रतिबन्धको विरोधमा महिलाहरु सडकमा ओर्लिएका छन् । महिलामाथिको प्रतिबन्धको विरुद्धका खबरहरु प्रसारण गरेपछि तालिवानले मिडियालाई अंकुश लगाउन थालेको हो ।

तालिवानको सत्ता आएपछि अफगानिस्तानमा ६ हजारभन्दा बढी पत्रकारले जागिर गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..