मलेसिया नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।

आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी–२० मा डेब्यू गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए ।

यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो । पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको मलेसियाको भने यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..