बारा ।सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लाबाट मोटरसाइकिलसहित प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
महागढ़ीमाई नपा-५स्थित कवही जब्दीमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपुर बाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकिल गस्ती टोलीले गंजभावनीपुरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको हिरो होन्डा प्यासन प्रो मोटरसाइकिललाई शंका लागि चेकजाँच गर्न खोज्दा मोटरसाइकिल नरोकी भागेको हुँदा उक्त मोटरसाइकललाई गस्ती टोलीले पिछा गर्दै जाँदा महागढ़ीमाई-८ धरमपुरमा मोटरसाइकल छोड़ी मान्छे फरार भएको हुँदा मोटरसाइकिल पछाड़ी बोरामा बाँधी राखिएको अवस्थामा १५ किलो गाँजा समेत फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण, हे.क्वा.बाराले जनाएको छ ।
बरामद गरिएको गाँजा मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।


