निशुल्क माटाे परिक्षण


चितवन । भरतपुर महानगर कृषि प्रर्वधन शाखाले माटो परिक्षणका लागि महानगरमा ल्याउँन किसानलाई आग्रह गरेको छ । महानगर परिसरमा घुम्ति माटो परिक्षण प्रयोगशालामार्फत निशुल्क परिक्षण भईरहेकाले त्यहाँ आफनो खेतबारिको माटो ल्याएर निशुल्क परिक्षण गरी लाभ लिन आग्रह गरेको हो ।


महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगर भित्रका सबै किसानले माटो परिक्षणका लागि ल्याउँन सक्ने बताए । भोली १६ गते सम्म यहाँ परिक्षण हुने भएकाले लाभ लिन उनले सबै किसानलाइ आग्रह गरे ।


महानगर भित्रका सहकारी मार्फत आफुहरुले माटो संकलन गरी अहिले माटो परिक्षण भइृरहेको र किसानले पनि माटो परिक्षणका लागी ल्याउन सक्ने उनले बताए । बागमती प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशालाको घुम्ति ल्याब मार्फत यहाँ माटो परिक्षण भएको हो ।

माटो परिक्षण पछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाई छ । महानगरका किसानलाई यो ठुलो अवसर भएकाले बेलैमा लाभ लिन उनको पौडेलको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..