बिमस्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपद्लाई परास्त पार्न सकिने धारणा राख्नुभयो । बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह उहाँले गर्नुभयो ।


बिमस्टेकको पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सम्मेलनको अध्यक्षता गर्नुभएको छ ।


आयोजक श्रीलंकाबाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..