विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए।

सन् २०२१ को जुलाइ १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना महामारी फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो।

अहिलेसम्म ९३ प्रतिशत काम पूरा भएको विमानस्थल आयोजनाले जनाएको छ। कोरोना महामारीका कारण तोकिएको समयमा सबै काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ। एक वर्ष म्याद थपिएपछि २०२२ को जुलाई १० सम्म सबै काम सक्नुपर्ने हुन्छ।

निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै शनिबार नेपाललाई विमानस्थल हस्तान्तरण गरेको छ। विदेशी निर्माण कम्पनीले सबैतिरको अप्ठेरोबीच विमानस्थललाई करिबकरिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ।

तर सरकार र स्थानीय तहले गर्नुपर्ने कामको अहिलेसम्म टुंगो लाग्न सकेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने स्वदेशी निकायलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल सञ्चालनमा आउनेछ। तर स्वदेशी निकायले यसतर्फ तदारुकता देखाएका छैनन्।

विमानस्थल आयोजनाका एक उच्च अधिकारी भन्छन्, ‘सामान्य समस्या समाधान भएकै छैनन्। ती समस्या समाधान नभएसम्म विमानस्थल सञ्चालनमा आउँदैन।’

हवाईजहाजको पहुँच मार्गमा पर्ने लेखनाथको रिट्ठेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, भेलबाढी व्यवस्थापन, आउजाउमा पहुँच पुग्नेगरी सडक विस्तारलगायतका काम बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..