एमालेका अध्यक्ष ओलीले उद्घाटन गरे बुटवलमा विद्युतीय बस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी कम्पनीले सञ्चालनमा ल्याएको विद्युतीय बसको उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले मंगलबार रुपन्देहीमा विद्युतीय बसको उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यका बाहिर पहिलो पटक रुपन्देहीमा सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ओलीले सो बसमा यात्रा पनि गरेका थिए । कम्पनीका सञ्चालक डिआर घिमिरेले विद्युतीय बसको शुभारम्भ गरेका ओली सो बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएको बताए ।

लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि ओली वातावरणीय प्रदूषण कम गर्न सो बसले ठूलो मद्दत गर्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको सौन्दर्य बढाउन विद्युतीय सवारी साधनले पर्यटकको आकर्षण बढ्ने बताए । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि दुई वटा बस चलाउने जनाएको छ । सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुसम्म विद्युतीय बसहरू चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..