नेपालका लागि अमेरिकी राजदूतमा थम्पसन नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । थम्पसनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

थम्पसन उनी हाल दक्षिण र मध्य एसियाली मामिलाका लागि राज्य विभागको प्रमुख उपसहायक सचिवको रूपमा सेवा गरिरहेका छन् । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

यसअघि, थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासको मिसनका उपप्रमुख थिए। उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

त्यस्तै उनले राज्य विभागको कार्यकारी सचिवालय स्टाफको निर्देशक, राज्य विभाग अपरेशन सेन्टरको उपनिर्देशक, अपरेशन सेन्टर क्राइसिस म्यानेजमेन्ट स्टाफको निर्देशक, र सूचना स्रोत व्यवस्थापनका लागि उपनिर्देशकको रूपमा काम गरेका छन् ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..