प्रचण्ड-माधवलाई मत दिएर भएपनि राख्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

उनले अहिलेको लडाइँ नै एमालेसँग रहेको बताएँदै उनले भने, ‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।’ कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..