काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी गरिएको जनाइएको छ।
मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने एक मन्त्रीले बताए। स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने उनको भनाइ छ। साथै, आजको बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावनासमेत रहेको छ।
सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन (सोमबार र बिहीबार) बस्ने प्रचलन छ ।


