बजेटबारे छलफल गर्न बोलाएको बैठक कोरम नपुगेपछि स्थगित

काठमाडौं । आगामी वर्षको बजेटको विषयमा छलफल गर्न बोलाइएको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा विभिन्न पक्षसँग राय सुझाव माग गरेको थियो । त्यसपछि समितिले बैठक बोलाएको थियो ।

समिति लामो समयदेखि सुस्त अवस्थामा छ । देशको आर्थिक क्षेत्रका विभिन्न पक्षमा भइरहेका गतिविधिबारे छलफल गरी सरकार र सम्बन्धित पक्षलाई कार्यन्वयनका लागि निर्देशन गर्नुपर्ने र नीति नियममा जोड दिनुपर्ने समितिको काम हो ।


अर्थ समितिले आज अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग बजेटमाथि छलफल गर्न भन्दै बैठक बोलाएको थियो । तर, समितिमा रहेका अधिकाम्स सांसदनै नभएपछि बैठक स्थगित गर्नुपरेको हो ।

बजेटमाथिको छलफल गर्न अर्थ समिति जान लागेका अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरु पनि फर्किएका छन् । समितिका कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमात्र बैठक बस्न सक्छ । तर, अहिले प्राय सबै सांसदहरु जिल्ला गएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति चलिरहेकाले पनि उसका सांसद उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..