चिनियाँ विदेशमन्त्री भेट्न मेरियट पुगे दाहाल (फोटोफिचर)

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आजपनि राजनीतिक भेटघाटमा व्यस्त छन् । विदेशमन्त्री यीले विहान राष्ट्रपति विद्यादेखि भण्डारीसंग शितलनिवासमा शिष्टाचार भेटवार्ता गरेका थिए।

राष्ट्रपतिसंगको भेटवार्तापछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता भएको छ । होटल मेरियटमा भएको भेटवार्ता नसकिदै विदेशमन्त्री यी लाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेरियट होटल पुगेका छन् ।

प्रचण्ड ओली र यीबीचको भेट नसकिँदै मेरियट पुगेका छन्। केहिबेरमा प्रचण्ड र विदेशमन्त्री यी बीच भेटवार्ता सुरु हुँदैछ । प्रचण्ड मेरियट पुग्नुअघि विहान आफ्नै निवासमा गृहमन्त्री बालकृष्ण खाँणसंग भेट गरेका थिए । गत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..