निर्वाचन आयोगद्वारा पर्यवेक्षण २७ गतेसम्मको समयसीमा

काठमाडौं । स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन निर्वाचन आयोगले समयसीमा तोकेको छ ।


३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले समयसीमा तोकेर आह्वान गरेको छ ।त्यसका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, नविकरण भएको निस्साको प्रतिलिपि, पदाधिकारीको नामावलाी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण गरेको अनुभव भए सोको प्रमाणपत्र पेस गरेर पर्यवेक्षणको अनुमति लिन सकिने आयोगले जनाएको छ ।

‘निर्वाचनसम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई पर्यवेक्षण अनुमति दिइने छैन’ आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..