भन्सार छलेको दुई वटा मालबाहक ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा । पर्साबाट सशस्त्र प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार प्रज्ञापन पत्रबिना मालसामान ढुवानी गरेको आरोमा सशस्त्र प्रहरीले शुक्रबार बेलुका ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका ट्रकमा ना७ख ३४१० र ना५ख ९२८० छन्। प्लाष्टिक ब्याग, लुगा, भुजा, मेसिनरी सामान, फ्रिज, एसी, हार्डवेयरका सामानलगायत छन्।


सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरबाट खटिएको टोलीले वीरगञ्जबाट पथलैजा जाँदै गरेका ती ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्रक र सामानको ३४ लाख ४५ हजार ५९४ रुपैयाँ मूल्यांकन गरी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..