पाँच हजार बढी म्यादी प्रहरीमा आवेदन

चितवन । जिल्लामा पाँच हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार ७०९ म्यादी प्रहरीको माग गरिएको हो ।

आवेदन दिनेमध्ये चार हजार ३३ पुरुष र एक हजार ४३३ महिला छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही चैत ११ गते शुक्रबार निवेदन दिने अन्तिम मिति रहेको थियो । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने व्यवस्था छ । अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्ने प्रहरीले जनाएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।


म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ ।

छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..