भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छ : बरिस्ठ नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का बरिस्ठ नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भ्रमपूर्ण सूचनाको खण्डन गरी भ्रमको तुवाँलो हटाउन भूमिका खेल्न आग्रह गरे ।

“प्रेसले दक्षिणपन्थी अवसरवादको खण्डन गर्नुपर्छ, दक्षिणपन्थीले लिएका नीति, विचार, कार्यक्रम र कार्यदिशाको खण्डन गर्न सक्नुपर्छ,” उनले भने, “व्यक्तिगत आचरणका बारेमा होइन, नीतिगत खण्डन गरेर जनतलाई सुसूचित गर्न लाग्नुपर्छ ।” वामपन्थी एकता निर्माण गर्ने काममा प्रेसको भूमिका अपरिहार्य रहेको बताउँदै उनले सच्चा कम्युनिष्टबीच कार्यगत एकता हुन सक्ने सम्भावना औँल्याए ।

“कम्युनिष्टको खोल ओढ्ने बित्तिकै कम्युनिष्ट भइँदैन, माक्र्सवाद लेनीनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने, समाजवादी क्रान्तिको लक्ष्य लिने र दलाल पूँजीवाद र नवउपनिवेशवादको विरोध गर्न सक्ने मात्र कम्युनिष्ट हुन सक्छन्,” नेता खनालले भने, “यी शक्तिहरुबीच कार्यगत एकता हुन सक्छ ।” उनले विभिन्न कम्युनिष्टसँग एकता गर्ने आधार तयार गर्न सूचना दिने र विचार प्रवाह गर्ने काम प्रेसले गर्नुपर्ने बताए ।

बैठकमा नेता खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादबाट ग्रस्त रहेको आरोप लगाए । “कम्युनिष्ट पार्टीको जनमत विभाजित भयो, संविधानसभाबाट निर्मित संविधानमाथि प्रहार भयो, खोक्रो राष्ट्रवादको नारा देखाइयो,” उनले भने । उनले नेपाली समाजको चरित्र पहिचान गर्न नसक्ने पार्टीबाट मुलुकको समृद्धि सम्भव नभएको ठोकुवा गरे ।

नेता खनालले नेपालका मित्र राष्ट्रहरु रुस र युक्रेनले आपसी समझदारीबाट विवादको समाधान खोज्नुपर्ने बताए । दुई मुलुक आपसी द्वन्द्वमा रहेको अवस्थामा बाँकी विश्वले एकार्कालाई उक्साउने नभई मध्यस्थताको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । “रुस र युक्रेन नेपालका मित्रराष्ट्र हुन्, उनीहरुबीच आपसी युद्ध भड्काउन कसैले पनि उक्साउन हुँदैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..